भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।
प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताउनुभयाे ।

रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय