सरकारले निशुल्क रगतको व्यवस्था गर्ने

२०८० कार्तिक २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निशुल्क गर्न प्रयास गरिरहेको बताउनुभएको हो ।

त्यस्तै उहाले अव नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गर्नुभयो । स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोहि बिरामी गरिव बिपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरि मन्त्रालयले उचित व्यवस्था गरेको उहाले बताउनुभयो ।

उहाले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय