स्याङ्जा, ५ मङ्सिर । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका १ रैत बस्ने बिर बहादुर क्षेत्रीको छोरा २८ वर्षीय दिल बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाका अनुसार आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गरेको थियो ।
प्रहरीले घरमा लुकाई छिपाई राखेको दुई एम एल झोलसहितको PHENERGAN समेत लेखेको ४२ एम्पुल, आइपिपिएल समेत लेखेको ३८ एम्पुल, Diazepam समेत लेखेको २९ एम्पुल गरी जम्मा १०९ एम्पुल लागु औषध फेला परको बताएको छ ।
लागु औषध मुद्धा दर्ता गरी मंगलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहको जनाएको छ ।