सावित्री अधिकारी
काठमाडौँ,६ मङ्सिर। बहुविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पालुङटार नगरपालिका–९ पिपलटारीका ३३ बर्षीय मनोज गुरुङ र पोखरा महानगरपालिका–३१ की २८ बर्षीया मनकुमारी लामा रहेका छन् ।
घरमा श्रीमती हुदाँहुदै गुरुङले मनकुमारीसँग विवाह गरेको पीडित मार्फत जाहेरी प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनु भयो ।
सोमवार पक्राउ परेका उनीहरु बिरुद्ध मंगलवार बहु विवाह कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।