काठमाडौँ ,८ मङ्सिर। मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताउनुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गर्नुभयो ।
प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताउनु भयो। उहाँले अहिले आफू हाउस एरेस्टमा रहेपनि भरे आफैं प्रहरी प्रधान कार्यालय उपस्थित हुने बताउनुभयो ।