काठमाडौँ ,११ मङ्सिर। बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो क्षेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो ।
काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका छन् ।