लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो

२०८० मंसिर २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ मङ्सिर । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडौंबाट कार्गो सामान लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे एकिन भएको छैन।

जहाज बिहान १०:१ बजेतिर लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ ।

जहाज कार्गो सामानले भरिएकाले भित्रबाट प्रेसरले सिसा झरेको हुनसक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए । उनका अनुसार पाइलट अमित गुरुङ र को पाइलट लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय