कांग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह निर्वाचित

२०७८ मंसिर २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित हुनुभएको छ।

आज बिहान सकिएको मतगणनाअनुसार अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो। अमरसिंह रोल्पा कांग्रेसका निवर्तमान सभापति हुनुहुन्थ्यो। अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मनिनुहुन्छ।

सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याउनुभएको छ। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित हुनुभएको छ।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित हुनुभयो। खनाल देउवा पक्षका मानिनुहुन्छ।

महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी हुनुभयो भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित हुनुभएको छ।

लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय