काठमाडौँ, १४ पुस । बालकुमारी घटनाका बिषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ ।
शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलय अगाडी प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृतथासांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुदा हुँदैपनि युवाहरु ले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताउनुभयो।
उहाले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको उल्लेख गर्नुभयो। उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उहाले माग गर्नुभयो।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घो षणा गर लगाएतका प्लेकार्ड प्रदर्शनगरेका थिए।