राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न डंगोल हेटौंडामा पुग्दा गएनन् बालेन

२०८० माघ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ माघ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय