बजेट परेपनी मुल भेटिएन,भिरकोटकाे गुमार्दी रानागाउँमा खानेपानीको अभाव

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,१४ माघ । बजेट परे पनि स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर ३ गोकेश गुमार्दी रानागाउ मा बसोबास गर्ने १५० घरधुरी खानेपानीबाट वञ्चित भएका छन् ।

खानेपानीको समस्या भएपछि प्रदेश सरकार बाट क्रमागत योजना अन्तर्गत यस आर्थिक बर्षमा बीस लाख बजेट विनियोजन भएपनी मुलको अभाव हुँदा योजना अगाडि बढ्न नसकेको सोही वडाका वडा अध्यक्ष केशर बहादुर खड्काले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

योजना परे पनि मुलको व्यवस्था हुन नसक्दा योजना पुरा हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो ‘बजेट परेको छ तर मुलको अभाव छ मुलको अभाव हुँदा योजना सम्पन्न हुन सकेको छैन ।’ समस्या सुल्झाउने प्रयास जारी रहेको भन्दै मुलमा देखिएको समस्य सुल्झाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

टोलमा पानीको मूल नहुँदा प्रदेश सरकारबाट परेको बजेटको समय मा नै सदुपयोग गर्न नसकिएको स्थानीय मिन बहादुर खड्काले बताउनुभयो । त्यस्तै गरी दैनिक आवश्यक पर्ने पानीको व्यवस्था नहुँदा र व्यवस्थापन गर्ने मूल नहुँदा पानीको समस्या भएको उहाँले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । यसको लागि सबै मिलेर काम गर्नुपर्ने अर्को स्थानीय सुरेश खड्काको भनाइ छ ।

प्रदेश सरकारले चालेको एक घर एक धारा अभियान लाई सफल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेपनि मुलको अभावमा यहाँका बासिन्दाले खानेपानी अभाव झेल्नुपर्ने अवस्था छ । डोकोमा पानी बोक्नुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको गण्डकी प्रदेशको यो अभियानलाई सबै मिलेर सफल पार्नुपर्ने देखिन्छ । त्यसको लागि बजेट फिर्ता हुनुपूर्व नै संयमीत भएर मुलको खोजी गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार