लक्ष्मी ढकाल
स्याङ्जा,१६ माघ । गल्याङ नगरपालिका ११ बज्रेमा रहेको श्री बज्रेभञ्ज्याङ माध्यामिक बिद्यालयको ६३ औं बार्षिकोत्सब विभिद कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ ।
बिधालय ब्यबस्थापन अध्यक्ष तथा सोही वडाका वडा अध्यक्ष दल बहादुर सिंजालीको सभापतित्वमा बिधालयको बार्षिक उत्सव तथा अभिभावक दिवस, पुरस्कार बितरण समारोह सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई , विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उपसचिव बिश्वराज आचार्य, गल्याङ नगरपालिका सँस्थापक नगरप्रमुख भुपराज अधिकारीले बिद्यालयको थप प्रगतीका लागि शुभकामना प्रदान गर्नुभएको थियो।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदारराज आचार्य, वडा नं ८का अध्यक्ष झिमबहादुर थापा, वडा नं ११ का वडा सदस्यहरु मोहन डुम्रे, प्रकाश भट्टराई, तथा पुर्ब शिक्षकहरु, पुर्व बिद्यार्थीहरु तथा हाल महत्वपुर्ण पदिय जिम्मेवारमा कार्यरत शिव पाण्डे, जमुना बिक लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय कलाकार प्रकाश पराजुली तथा स्थानीय उदियमान कलाकारहरु उदय डुम्रे र कुशुम भण्डारीको बेजोड साँस्कृतिक प्रस्तुती रहेको थियो। कार्यक्रममा बिद्यार्थीहरुका प्रस्तुतीहरु, स्थानीय आमासमुह र कल्बका प्रस्तुतीहरु रहेको थियो । कार्यक्रममा शिक्षकलाई सम्मान तथा बिदाईका समेत समाबेश गरिएको थियो । यसै अवसरमा बिद्यालयका शुभचिन्तक आदरणिय सोमबहादुर सिजालीले एक लाख एक हजार एक सयको अक्षयकोष स्थापना गर्नुभयो । पुर्ब शिक्षक लक्ष्मण अधिकारीले पाँच हजार पाँच सय पचपन्न रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।
बिद्यार्थीहरु सुम्निमा गाहा, एन्जिला मल्ल, सुप्रिया बिक, सुहाना आले, सुप्रिया धिताल र खुशी परियारले आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रमलाई बिद्यार्थीहरुको सडक नाटक र अभिभावक खेलले कार्यक्रम थप रोचक बनाएको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य बिद्यालयका सहायक प्रधानाध्यापक भोजराज भण्डारीले गर्नुभएको थियो भने समग्र बिद्यालयको प्रतिबेदन प्रधानाध्यापक नेत्रप्रसाद गैर्हेले प्रस्तुत गर्नुभएको तथा कार्यक्रम सँचालन शिक्षक रेशम बहादुर रानाले गर्नुभएको थियो।