पूजा खड्का
स्याङ्जा,१७ माघ । भिरकोट नगरपालिका ३ देउरालीमा रहेको श्री शहिद शुक्र उच्च मावि को ६८ औ बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । भिरकोट नगरपालिकाको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि र सिकाइ प्रक्रिया मा सहज बन्नको लागि आफू लागि पर्ने कुरा बताउनुभयो । त्यस्तै गरी विद्यालयको भौतिक निर्माण को लागि पनि आफू सहज रहने र विद्यालयको गेट निर्माणको लागि नगर बाट अर्को वर्ष बजेट दिने कुरा बताउनुभयो भने नगर बाट शिक्षा को सहजताको लागि ई लाइब्रेरी को योजना शहिद शुक्र लाई परेको जनाउँदै छिट्टै सञ्चालन मा अघि बढ्ने जानकारी दिनुभयो
।
कार्यक्रम मा भिरकोट नगर विद्यालय निरीक्षण नवीन थापा ले शहिद प्रति श्रद्धा सुमन प्रकट गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि मा आफू तल्लीन रहेको र गुणस्तर वृद्धि को लागि शिक्षक अभिभाबक विद्यार्थी को त्रिपक्षीय छलफल गरी सल्लाह सुझाब लिएर त्यहाबाट आएका कमजोरी लाई ध्यान दिँदै अघि बढ्न सम्पूर्ण लाई आग्रह पनि गर्नुभयो । कार्यक्रम मा बार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम मा दीर्घ राज काफ्ले को एक लाख पचपन्न हजार पुबिना अक्षयकोष एस एल सी उत्कृष्ट एक एक जना छात्र र छात्रा पुरस्कृत भएका थिए भने पूर्व प्रधानाध्यापक रहनु भएको उहाको परिवार बाट खोलिएको फडिन्द्र अक्षयकोष बाट कक्षा नौं उत्तीर्ण एक एक जना छात्र र छात्रा लाई पुरस्कृत गरिएको थियो। त्यस्तै गरी नरबिर पियारी अक्षयकोष बाट एघार बारह कक्षाको गरीब जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरिएको थियो।
उत्कृष्ट शिक्षकको रुपमा अभिभाबक हरुले खोलेको अक्षयकोष बाट शिक्षिका श्री देवी खड्का सम्मानित हुनुभएको थियो भने विद्यालय बाट शिक्षिका देवी अधिकारी र इमान्दार अभिभाबक मध्य बाट द्रौपदी खड्का सम्मानित हुनुभएको थियो भने व्यवस्थापन समिति बाट पुर्ब विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्व वडा अध्यक्ष हालको वरिष्ट सलाहकार बाबुराम श्रेष्ठ समानित हुनुभएको थियो ।
त्यस्तै गरी कार्यक्रम मा कार्यक्रम का विशेष अतिथि जनकप्रसाद काफ्ले ले स्वर्गीय आमा टीकादेवि काफ्लेको सम्झना मा पचास हजार को अक्षयकोष खोल्नुभएको थियो भने पचास हजार पाँच सय विशिष्ट सदस्यता लिएर भगबती राना सम्मानित हुनुभएको थियो भने सम्मर बहादुर विक के पन्ध्र हजार एक सय पाँच आजीवन सदस्यता लिएर सम्मानित हुनुभएको थियो।
कार्यक्रम मा शिक्षक अभिभाबक विद्यार्थी अतिथि हरुको उल्लेखनीय सहभागिताको रहेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रवीन्द्र खड्का ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक कृष्ण प्रसाद पौडेल ले गर्नुभएको थियो ।
कार्यक्रम मा अतिथिहरुलाई मनोरञ्जन दिलाउन को लागि विद्यार्थी शिक्षिका हरुले विभिन्न गीत हरुमा नाच गान प्रस्तुत गर्दै कार्यक्रमको माहोल आकर्षक गराउनुभएको थियो ।
कार्यक्रम मा विद्यालयको प्रधानाध्यापक सहभागी सम्पूर्ण प्रति आभार प्रकट गर्दै सहिद दिवसको दिन बार्षिकोत्सव परेको मा सहिद प्रति श्रद्धासुमन व्यक्त गर्दै विद्यालयको बार्षिक आय व्याय प्रस्तुत गर्दै विद्यार्थी हरुलाई सिक्न र सिकाउने कुरा मा आफू सदा लागि परेको कुरा बताउँदै विद्यालय मा सहयोग सल्लाह सुझाब गर्ने सम्पूर्ण प्रति धन्यवाद प्रकट गर्नुभएको थियो।
कार्यक्रम मा विशेष अतिथिहरु यसै वडाका वडा अध्यक्ष केशर बहादुर खड्का भिरकोट पाँचको वडा अध्यक्ष यान प्रसाद अधिकारी हरक गुरुङ्ग जनक प्रसाद काफ्ले रहनु भएको थियो भने वरिष्ट सलाहकार मेघ बहादुर खड्का शुक्रराज काफ्ले विजय काफ्ले बाबुराम श्रेष्ठ डम्मर बहादुर मल्ल र अतिथिहरुमा काठमाण्डौ बानेथोके देउराली विकास समाज को अध्यक्ष रामचन्द्र काफ्ले बानेथोके देउराली पोखरा संपर्क मञ्चको राम बहादुर केसी बास्यारा समाज को महासचिव तथा काठमाण्डौ बानेथोक देउराली विकास समाजको सल्लाहकार चोपेन्द्र खडकालबाट विविध पदमा आसिन बुद्धिजीवी वर्ग हरी रहनुभएको थियो ।
कार्यक्रम मा सम्पूर्ण विशिष्ट अतिथि विशेष अतिथि अतिथि सल्लाहकारहरुले सहिद प्रति श्रद्धा सुमन व्यक्त गर्दै शैक्षिक वृद्धि गुणस्तर शिक्षाको लागि सकेको सहयोग गर्ने कुरा बताउँदै विद्यालयको प्रगतिको कामना गर्नु भएको थियो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष केशरजंग अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम मा उपस्थिति सम्पूर्ण प्रति आभार प्रकट गर्दै सकेको सहयोग गर्ने धारणा राख्दै सहिद प्रति श्रद्धा सुमन व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।