काठमाडौँ,२० माघ । राजसंस्था समर्थकहरुले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।
मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुवाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताउनुभयो । उहाले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताउनुभयो ।
त्यसअघि उनीहरुले काठमाडौका बिभिन्न स्थानमा र्याली समेत निकालेका थिए ।