कृष्ण बिक/बुद्धिसगर खनाल
स्याङ्जा,२५ माघ । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ९ अमिला थुममा रहेको श्री जानकी मावि विद्यालयको ६० औँ वार्षिक उत्सव तथा हिरक महोत्सव सोमबार विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस बिधालयमा बाटोको समस्य भएको भन्दै करादीबाट चापाकोटसम्म गएको बाटोलाई स्तर उन्नति गरेर पाँच वर्षभित्र जिम्मा लगाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उहाँले विद्यार्थी देशका कर्णधार भएको भन्दै अभिभावकले बाटो मात्रै देखाउने भन्दै उदेश्य प्राप्तिको लागी विद्यार्थी आफै लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई, गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिन सोही वडाका अध्यक्ष नामदेव खनाल,पुर्व वडा अध्यक्ष हरी खनाल ,पूर्व विद्यार्थी मञ्चका अध्यक्ष विष्णुप्रसाद खनाल, वालिङ बहुमुखी क्याम्पसका सहायक प्रमुख परशुराम अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।
बिधालयका प्रधानाध्यापक लेखनाथ न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा गत वर्ष विभिन्न कक्षामा प्रथम द्वितीय तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
बिधालय व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका सहायक प्र ऋषिराम भण्डारीले गर्नुभएको थियो ।