राप्रपासंग कुनै किसिमको एकता हुदैन : दुर्गा प्रसाईँ

२०८० फाल्गुन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासंग कुनै किसिमको एकता हुन नसक्ने बताउनुभएको छ ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफु राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासंग कुनै किसिमको एकता हुन नसक्ने बताउनुभएको हो । आफूले पार्टी बनाउन चाहेको भए राप्रपा भन्दा ठूलो पार्टी बनाउन सक्ने उहाले बताउनुभयो । त्यस्तै उहाले आफू पार्टी बनाउने भन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको जिकिर गर्नुभयो ।

यसअघि राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेण्डा स्थापित गराउन वार्ता टोली बनाएको थियो । प्रसाईंले अव आफुहरुको आन्दोलन राजधानीमात्रै नभई जिल्ला–जिल्लामा केन्द्रीत हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय