काठमाडौंमा मिटरब्याज पीडित र सहकारी पीडितहरुले मार्चपास गर्दै

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ फागुन । मिटरब्याज पीडित र सहकारी पीडितहरुले सरकारले आइतबारपनि काठमाडौंमा मार्चपास गरेका छन् ।

आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनमा रहदा पनि समस्या समाधान नभएको भन्दै काठमाडौं आएका उनीहरुकाले आइतबार काठमाडौंको भृकुटिमण्डप, शान्तिबाटीका लगाएतका क्षेत्रमा मार्चपास गरेका हुन् सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार