बागमती प्रदेशमा कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै

२०८० फाल्गुन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेशमा पनि त्यसको असर परेको छ । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ ।

केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो ।

बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् । नेता लामाको नेतृत्वमा चित्रकार, तीर्थसहित स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय