मालुङ्गाको सार्वजनिक मा.वि.मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

२०८१ बैशाख २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा २१,बैशाख । गल्याङ्ग नगरपालिका १ मालुङ्गामा रहेकाे श्री सार्वजनिक नमुना माध्यमिक विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्मको अध्ययन गर्ने विद्यार्थीहरूको आमाहरू उपस्थितिमा अभिभावक शिक्षा कार्यक्रम  सम्पन्न भएकाे छ  ।

 मालुङ्गाको वार्षिक कार्य योजना अन्तर्गत कक्षा १ देखि ६ कक्षासम्मको अध्ययन गर्ने विद्यार्थीहरूको आमाहरू उपस्थितिमा अभिभावक(आमा) शिक्षा कार्यक्रम विद्यालय व्यवस्थापन अध्यक्ष  पुरुषोत्तम बस्यालको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक  सोमनाथ न्यौपानेले हेर्ने कुरा डट कमलाई जानकारी गराउनुभयो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री चुरामणी पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै साना बालबालिकाहरू धेरै समय आमासँग रहने हुँदा आमालाई पहिलो गुरु भएकोले विशेष ध्यान दिनुहुन समेत अनुरोध गर्नुभयो। उक्त कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश बस्यालले अभिभावकको दायित्व र विद्यालयले गरेको प्रयासहरूको जानकारी गराउनुभयो।

विद्यालयको सहायक प्र. ह  शालिग्राम खनालको स्वागत शिक्षक सूर्यपङ्गनी र टिकाराम बस्यालको प्राविधिक व्यवस्थापन र विद्यालय व्यवस्थापन समिति हरू शिक्षकहरू एवं विद्यार्थीहरू सहभागी रहेकाे थियाे । भने कार्यक्रमको सञ्चालन शिक्षक दयाराम बस्यालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय