प्राचीन समय देखि मानवीय आवश्यकीय तत्वको रुपमा रहेको आगो समय सन्दर्भ अनुसार प्रयोगकर्ताको लापरबाही र असावधानीका कारण विनाशकारी तत्वको रुपमा रहेको छ। प्राचीन समयमा शत्रुसँग लड्न र लडाईमा विजय प्राप्त गर्ने साधनको रुपमा रहेको आगो खाना पकाउन जाडो याममा न्यानो र तापको लागि मानवीय आवश्यकता पूरा गर्न आवश्यकीय तत्वको रुपमा रहेको आगो रातिको समय एक ठाउँबाट अर्को ठाउँमा पुग्नको लागि पनि आगो कै प्रयोग गरिने गरिन्थ्यो। अँध्यारोको सहारा साथै खोल्सा खोल्सीमा केही त्यस्तो भूत प्रेतले छल्न नसक्ने माध्यमको रुपमा आगो लिएर हिँड्दा समस्या नहुने भन्दै हिड्ने प्रचलन आज सम्म पनि कायम रहेको छ। त्यतिबेला विद्युत टर्चको प्रयोग नहुँदा सहज माध्यम भने कै आगो बालेर हिडिन्थ्यो।
कृषकहरुले कृषि कार्यक्रमलाई सहजीकरण बनाउन घर खेत वरपर रहेको झाडी मास्न र किरा मूसा लाग्नबाट सजग रहनको लागि र आगोको प्रयोग गरी झाडी मास्ने प्रचलन अहिले पनि रहेको छ। यसरी मानवीय सहजीकरणको लागि प्रयोग गर्दा कहिले मानवीय लापरबाहीका कारण त कहिले सावधानी गर्दा गर्दै पनि विविध समस्याका कारण पनि आगलागीबाट विविध घटना भएको पाइन्छ।
देशभर आगो लागि र डढेलोको कारण अवस्था विकराल बन्दै गइरहेको छ भने जंगलमा लागेको आगोले कुन बेला समस्या बनाउने हो भन्ने चिन्ताले नागरिकलाई समस्या बनाएको छ। आगलागीबाट वनजङ्गल विनाश त भएकै छ त्यस माथि पनि मानवीय क्षति त्यति नै भएको छ भने धनमालको क्षति पनि त्यसरी नै बढिरहेको छ। जंगलमा रहेका काठ पात दाउरा बालेर नष्ट भएको छ भने धुवाँ धुलोका कारण बाताबरणमा पनि समस्या बनाएको छ।
बाताबरणमा समस्या परेसँगै मानवीय स्वास्थ्यमा पनि त्यत्तिकै समस्या बनेको छ भने आगलागीबाट अङ्ग भङ्ग बनाएर मानवीय समस्या थपेको छ। डढेलो कै कारण जंगलमा रहने जंगली जनावर वन्यजन्तु चराचुरुङ्गीलाई समस्या बनाएको छ भने जंगलमा रहेका जडीबुटी काठ पात दाउरा ध्वस्त भई विनाश भएको छ। खडेरी पनि एक प्रमुख कारण हो भने मानवीय लापरबाही पनि उत्तिकै समस्या रहेको छ।
बन डिभिजन कार्यालय प्रदेश मन्त्रालय देखि स्थानीय निकाय सङ्ग यस विषयमा कुरा राख्यो भने गम्भीर क्षति भएको घटना भएपछि सुरक्षाको लागि दमकलको प्रयोग गरेको पाइन्छ भने अर्को वर्ष सावधानीका लागि डढेलो नियन्त्रणको लागि प्राथमिकतामा राखिने भन्ने कुरा आउँछ तर वर्षा लागे सँगै ती विषय सेलाउँदै फेरि यही अवस्था आउँदा त्यही कुरा अघि बढेको हुन्छ । पूर्व तयारी नहुँदा आगलागी र डढेलोबाट विविध क्षतिको सामना गर्नुपरेको छ भने जलबायु सम्बन्धी समस्याले पनि क्षतिलाई प्राथमिकता दिदा समस्या खडा भएको छ। राज्य र सम्बन्धित निकाय घटना घटेपछि मलम र राहत लिएर जानुभन्दा सावधानी र सचेतना सम्बन्धी आगलागी नहुने गरी विकल्पको रुपमा खर्च गर्न सक्यो भने परिस्थिति धेरै सहज हुने देखिन्छ ।
आगलागी सावधानी हुँदा हुँदै लाग्नु र लापरबाहीले लाग्नु फरक विषय हों तर यस सम्बन्धि नियम भए पनि कार्यान्वयन हुन नसक्नु आम नागरिकको लागि दुर्भाग्य भएको छ। नीति नियम एकातिर थन्केको छ भने व्यवस्था एकातिर छ । गलत गर्ने लाई आफ्नो अर्को हेरेर छुटाउने परिस्थिति जहां पनि हावी रहदा न्यायालय नैं फितलो रहेको छ । २०६७ मा डढेलो सम्बन्धी डढेलो व्यवस्थापन गर्ने आवश्यक नीतिगत संस्थागत संरचनाको निर्माण एबम् सुदृढीकरण गर्ने डढेलो रोकथाम तथा नियन्त्रण मा स्थानिय समुदाय नागरिक समाज सरकारी गैर सरकारी निकाय हरुमा परिचालन गर्ने जोखिम बारे अग्रिम जानकारी लिनका लागि पूर्व तयार गर्ने लक्ष्य राखेको भएपनि व्यवहारमा कार्यान्वयन हुन नसक्नु दुर्भाग्य रहेको छ ।
आगलागी गर्ने व्यक्ति थाहा पाएको खण्ड मा सजाय दिने व्यवस्था भए पनि यो विषय यसै ओझेल मा रहेको छ। सञ्चार माध्यमले आगलागी सम्बन्धी विविध विषय उठाउँदै आएता पनि सम्बन्धित निकाय ले यस सम्बन्धी आवश्यक परामर्श गरेर अघि बढ्न नसक्नु समस्याको विषय रहेको छ। डिभिजन बन कार्यालय बन उपभोक्ता समिति सञ्चार कर्मी कसरी अघि बढ्ने भन्ने विषयमा सम्बन्धित निकायले सचेतना फैलाउन नसक्नु र कसरी आगोलागी हुने दुर्घटना कम गर्न या लाग्नै नदिन सकिन्छ भन्ने उपाय रच्न नसक्नु समस्या रहेको छ । हुनत राज्यको मात्र नभई आम नागरिकको पनि उत्तिकै दायित्व रहन्छ तर आफू गलत गर्ने र दोष राज्य माथि थोपर्नु पनि समस्या को विषय हो । वर्तमान मा आकाशको पानी पर्न नसक्दा आगलागीको घटना बढेको पाइन्छ भने जहां पनि सुख्खा भएर आगो नियन्त्रण गर्न पनि समस्या रहेको छ।
देशभर डढेलो ले मानवीय धनजन पशु चौपायामा क्षति भएको छ। बन जङ्गलको काठ दाउरा कहिले आगलागी डढेलोबाट जोगाउन मुस्किल छ भने कहिले काठ तस्कर बाट जोगाउन मुस्किल भएको छ । जहाबाट पनि जंगल माथि आक्रमण भएको छ। त्यसैले आगलागी नियन्त्रणको लागि प्रभावकारी कार्यक्रमको व्यवस्था गर्दै आवश्यक तालिम गोष्ठी सावधानी सचेतना सम्बन्धी कार्यक्रम आधुनिक औजारहरुको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
हालमा काठमाण्डौको शंखमुलमा ग्यास सिलिन्डर पड्कँदा आठ वटा पसलमा क्षति भएको छ भने सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी ,बिर्तामोडमा रोकिएको कारमा आगलागी , सप्तरीमा भिषण आगलागी हुँदा सय भन्दा बढी घर जलेर नष्ट, बझाङको माष्टामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको समाचार आएको छ । त्यसै गरी धादिङ्गको थाक्रेमा आगलागी हुँदा वृद्ध दम्पत्तिको मृत्यु भएको छ भने कर्णाली पुल माथि गुड्दै गरेको ट्रकमा आगलागी हुँदा एक करोड पन्ध्र लाख बराबरको क्षति भएको समाचार आएको छ । त्यस्तैगरी बाकेको बाहुबली हर्बल प्रा लि को कम्पाउन भित्रको ग्राउण्डमा आगलागी, गुल्मीको विद्युत सब स्टेसनमा आगलागी , वीरेन्द्रनगरको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी त्यसै गरी स्याङ्जाको पुतलीबजारको विभिन्न स्थानमा आगलागी बन जंगल ध्वस्त सुन्तला व्यवसायको लागि समस्या भएको छ भने मानवीय घटना भई उपचारको क्रममा रहेको समाचार आएको छ ।
त्यसै गरी वालिङ्गमा आगलागी हुँदा ठूलो धनराशि विनाश भएको छ भने साथमा पशु चौपायाको विनाश भएको छ। विरुवा गाउँपालिकामा पनि झाडी पन्छाउने क्रममा आगलागीले ठूलो रूप लिदा एक जनाको मृत्यु भएको छ। नेपाल अधिराज्य भर वनजङ्गलमा आगलागी भई वनजङ्गल विनास भइरहेको छ। कति घटनाले मानवीय क्षति बनाएको छ भने कति घटनाले धन माल को क्षति भएको छ । त्यसैगरि कति घटनाले काठ पात बन्यजन्तु जडिबुटि विनाश भएको छ। त्यस्तै गरी आगलागी हुँदा धुवाँ धूलो को समस्याले बाताबरण दुषित भएको छ भने मानवीय स्वास्थ्यमा पनि त्यत्तिकै प्रभाव पारेको छ । आँखा पोल्ने रुघा खोकी लाग्ने हुँदा फोक्सो तथा मुटु मा पनि समस्या बनाएको छ । पानी पर्न नसक्दा गर्मी अत्यधिक भएको छ भने बाताबरण दुषित हुँदा घुमघाम गर्ने पर्यटक प्रभावित छन् भने वरपर देख्न नसक्दा सबैलाई समस्या भएको छ।
फैलिदै गरेको आगलागी नियन्त्रण गर्न सबैले आ आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु जरुरी छ भने आम नागरिकले पनि पर्याप्त सतर्कता अपनाउँदै संबंधित निकायले पनि नियंत्रण र सावधानीका लागि सजग र सहज बन्दै घटना हुन नदिनको लागि सतर्कता अपनाउँदै नीति नियम बनाउने र सतर्कताका साथ अघि बढ्ने र घटना भई हालेको खण्डमा वैकल्पिक विधिको प्रयोग गरी क्षति हुनबाट बच्ने उपाय कागजमा मात्र नभई व्यवहारमा कार्यान्वयन हुनु जरुरी छ ।
पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)