‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे’

२०७८ पुष २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङ, २६ पुस। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र स्थानीय तहको विकास निर्माणका कार्यमा समेत अवरोध भइरहेको उल्लेख गर्नुभयो । यस्तै पछिल्लोपटक देखिएको कोभिडको नयाँ भेरियन्ट नियन्त्रण तथा व्यवस्थापनका लागि समेत संसद् अवरुद्ध हँुँदा कठिनाई सिर्जना हुने अवस्था निम्तिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार