मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण

२०८१ जेष्ठ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

बैंकले नवलपुरको वुलिङटारस्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक लि।ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय