कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट बिजियोजन

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट बिजियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले कृषि क्षेत्रको थप बिकास र आधुनिकीकरणका साथै उत्पादन बृद्धिका लागि महत्वकांक्षी कार्यक्रमहरु समेत सार्वजनिक गर्नुभयो ।

बजेटमा अर्थमन्त्री पुनले औषधीजन्य प्रयोजनका लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने जानकारी दिनुभयो । पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१सम्म कृषि दशक मनाउने उहाले घोषणा गर्नुभयो ।

सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने उहाले बताउनुभयो । त्यस्तै उहाले कृषि सुधार कार्यक्रम अन्तर्गत कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने व्यवस्था गर्ने जानकारी दिनुभयो । त्यस्तै किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार