ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ । सरकारले ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको बिकास र विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री पुनले आगामी आर्थिक बर्ष राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पु¥याइने , प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । भारत हुँदै आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने उहाले जानकारी दिनुभयो ।

उहाले सुख्खायायमको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दुधकोशी र नलसिंगगाढ जलाशययुक्त जलविद्युत आयोजना र नौमुरे आयोजनाको निर्माण कार्य अघि बढाउने बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार