सहकारी बैंकले ४० लाख जनतालाई सेवा प्रदान

२०७८ पुष २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ, २७ पुस । राष्ट्रिय सहकारी बैंकले लिमिटेडले नेपालभर १४ हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत ४० लाख जनतालाई प्रत्यक्षरूपमा सेवा पु¥याउँदै आएको छ । सरकारी बैंक लिमिटेडका प्रदेश नं १ को १८आँै वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभयो । उहाँले बैंकले आव २०७७÷७८ मा रु ६६ अर्ब ३४ करोड निक्षेप सङ्कलन गरी रु ३५ अर्ब ९१ करोड कर्जा प्रवाद गर्दै कूल रु ७१ अर्ब ६८ करोड कारोबार गरेको बताउनुभयो ।

बैंकले स्थानीय निकायमा रहेको सहकारीमार्फत ग्रामीण क्षेत्रका जनतालाई आयआर्जन तथा स्वरोजगार निर्माण गर्न मुख्य उद्देश्यले पूँजी वृद्धि तथा तरलता कायम गर्न कार्य गरिरहेको प्रष्ट पार्नुभयो । सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा बैंकले सहकारीमार्फत विपन्न जनताको ‘गरिबी न्यूनीकरण’ कार्यक्रमअन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरिद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । बैंकका सूचना सदस्य डिल्ली पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारणसभा गर्ने बताउनुभयो । सभामा प्रदेशका दुई हजार २५७ सहकारी संस्थाको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय