पाल्पामा चट्याङ लागेर एकको मृत्यु

२०८१ असार ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,३ असार । पाल्पाको रैनादेवि छहरा गाउपालिका ३ डाडागाउमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आइतबार अन्दाजि ६:३० बजे चट्याङले लागेको हो ।

रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।

 उहाँलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएको थियो । चेकजाँचको क्रममा डाक्टरहरुले उहाँलाई मृत घोषणा गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय