दोस्रो स्याङ्जा साउदी कपको उपाधि स्याङ्जा सहयोग समाजलाई

२०८१ असार ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा , ४ असार । साउदी जुबेलको एक्सप्रटाईज कम्पनीमा भएको दोस्रो स्याङ्जा समाजको खेल जुन १३ मा सुरु भएको थियो। खेलमा स्याङ्जा सहयोग समाजले उपाधि आफ्नो हात पारेको छ। खेलमा बीस टीम को सहभागितामा रहेको उक्त खेलको खेल संयोजकमा कृष्ण पराजुली क्षेत्री रहनुभएको थियो भने खेल जुन १६ मा समापन भएको थियो । कार्यक्रम एक्सप्रटाईज कम्पनीका अडिटर म्यानेजर निर्मल तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जानकारी खेल संयोजक कृष्ण पराजुली क्षेत्रीले जानकारी दिनुभयो।

खेलको पहिलो सेमी फाइनलमा स्याङ्जाले गण्डकी प्रदेश लाई २(१ को सेट ले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनलमा एक्सपरटाईज कम्पनी स्याङ्जाले रोल्पा गेस्ट हाउसलाई २)१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गराएको थियो।

फाइनलमा पुगेका दुई टीम स्याङ्जा सहयोग समाज र एक्सपरटाइज कम्पनी बीच प्रतिस्पर्धामा २)१ ले पराजित गर्दै स्याङ्जा सहयोग समाज जितको उपाधि हात पार्न सफल भयो। यो जीत सँगै स्याङ्जा सहयोग समाजले लगातार दुई साल जितको उपाधी हात पार्न सफल भएको छ।

कार्यक्रममा प्रथम पुरस्कार हात पार्न सफल स्याङ्जा सहयोग समाजले एक लाख असी हजार रुपैया नेपाली नगद सहित मेडल ट्रफि र प्रमाण पत्र हात पार्न सफल भएको छ भने एक्सपरटाइज कम्पनी ले दोस्रो पुरस्कार स्वरूप एक लाख बीस हजार रुपैया नेपाली नगद सहित मेडल ट्रफि र प्रमाण पत्र हात पार्न सफल भएको छ। त्यसै गरी तेस्रो मा चालीस हजार रुपैया नेपाली नगद सहित गण्डकी प्रदेश ले मेडल ट्रफि र प्रमाण पत्र हात पार्न सफल रह्यो भने सान्त्वना मा रोल्पा गेस्ट हाउस ले बीस हजार रुपैया नेपाली नगद सहित पुरस्कृत भएको छ।

खेल कार्यक्रमको विधा अन्तर्गत पुरस्कृत मध्य वेस्ट लिफ्टरमा सिसहाङ्ग लिम्बु स्याङ्जा सहयोग समाज बाट ,वेस्ट स्पाइकर हिमाल सुनार गण्डकी प्रदेशबाट, लिब्रोमा मनोज सुनार स्याङ्जा सहयोग समाजबाट रहनुभएको थियो। त्यसै गरी वेस्ट कोचमा लिला कुँवर क्षेत्री, उत्कृष्ट खेलाडीमा अमीर कार्की बल्करमा दिप्सन रसाइली एक्सपरटाइज कम्पनी स्याङ्जाबाट रहनुभएको थियो।

कार्यक्रम सञ्चालन मिन सुनारले गर्नुभएको उक्त कार्यक्रममा करिब पन्ध्र हजार दर्शकको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी खेलाडी टीमलाई खान बस्नको सुविधा आयोजक समुहले गरेको थियो भने कार्यक्रम लिला कुँवर क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय