वालिङको शसस्त्र गुल्म प्रदेशकै उत्कृष्ट

२०८१ असार ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,४ असार । स्याङ्जाको वालिङ ८ घ्याङलीङमा रहेको शसस्त्र प्रहरी गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जा गण्डकी प्रदेशकै कार्यसम्पादन, निरिक्षणमा उत्कृष्ट बनेको हो ।

४४८.९६ अर्थात ७३.६० प्रतिशत अंक सहित देशभरकै चौँथो र गण्डकी प्रदेशमा प्रथम स्थान प्राप्त गर्दै उत्कष्ट बनेको गुल्मले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३औँ स्थापना दिवको अवसरमा शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मलाई पुरस्कृत गरिएको छ ।

शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएकाे थियाे । प्रदेशकै प्रथम स्थान हासिल गरेको शसस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट ईकाईहरुको छनौट तथा ईकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्र्तगतको गुल्महरु मध्ये उत्कृष्ट गुल्म हुन सफल भएको शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति देवराज जोशीले बताउनुभयाे ।

स्याङ्जाका विभिन्न क्षेत्रमा हुन विपदका घट्ना देखी उद्धारका काममा शसस्त्र प्रहरीले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । गुल्म स्थायी भएपनि अहिले सम्म जग्गा उपलब्ध हुन नसक्दा अत्यन्तै कष्टकर रुपमा बसेर जनताको सेवा गर्न बाध्य रहेको छ । जिल्लाको मध्यभागमा रहेको गुल्मले बाढीपहिरो, आगालागी, सवारी दुर्घट्ना लगायतमा तत्काल रेस्क्यु गरी सेवा दिदै आएको छ भने पौडी खेल्दा डुबेका, खोलानदीले बगाएका नागरिकको उद्धारमा प्रशंसनीय योगदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय