प्रभु बैंकले मुगुको गमगढीमा सञ्चालनमा ल्यायो ३०६औं शाखा

२०८१ असार ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ असार । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु जिल्लाको छायानाथ रारा नगरपालिका- २ स्थित गमगढीमा ३०६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ ।यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि कम्पनीको भनाइ छ ।

गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको पनि कम्पनीले बताएको छ ।

कम्पनीका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् । कम्पनीले  करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय