स्याङ्जाका सिडिओेको निर्देशन ‘सूचना माग्नेलाई समयमा उपलब्ध गराउनु’

२०८१ असार ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,७ असार। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना अधिकारीहरुको बैठक सम्पन्न गरेको छ । बैठकमा सूचना अधिकारीहरुले भोग्न परेका समस्या र समाधानका बिषयमा अन्तरक्रिया भएको थियो । जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र ११ ओटै स्थानीयतहका सूचना अधिकारीहरुको सहभागिता रहेको थियो । सूचना अधिकारीहरुले सूचना माग गर्दा केही कठिनाई आउने गरेको उल्लेख गर्नुभएकाे थियाे ।

बैठकमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकले मागेको सूचना दिन आनकानी नगर्न निर्देशन दिनुभएकाे छ । संविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गरी सूचना उपलब्ध गराउन सूचना अधिकारीलाई प्रजिअ नेपालले निर्देशन गर्नुभएकाे थियाे । सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार संविधानले नै निर्दिष्ट गरेको छ प्रजिअ नेपालले भन्नुभयाे,‘सूचनाको हक ऐनमा उल्लेख भए अनुसार सूचना दिनु पर्छ ।’ कुन सूचना दिन मिल्ने वा नमिल्ने भन्ने ऐनमा नै उल्लेख छ, अध्ययन गरेर कानुनले निर्दिष्ट गरेको सूचना दिन आनकानी गर्नुहुदैन उहाँले भन्नुभयाे ।

सूचना वर्गीकरण र अद्यावधिक गरी सूचनामा नागरिकको पहुँचमा सरल र सहज बनाउन सूचना अधिकारीको महत्वपुर्ण भुमिका हुने प्रजिअ नेपालले बताउनुभयाे । मनसुन शुरु भइसकेको अवस्थामा मनसुनजन्य विपदका सूचनामा पनि अपडेट रहन उहाँले निर्देशन गर्नुभयाे । नागरिकको सेवा गर्न कै लागि जागिर खाएको उल्लेख गर्दै प्रजिअ नेपालले जागिर मात्रै नभएर सेवाभावमा लाग्न निर्देशन दिनुभयाे । बैठकमा सूचना अधिकारीहरुले सूचना उपलब्ध गराउन प्राविधिक कठिनाई हुने गरेको गुनासो गर्नुभयाे । बिषयगत शाखाहरुले सूचना दिन ढिलाई गरिदिदा सूचना अधिकारीले सूचना आयोगको सजाय भोग्नुपरेको पिडा व्यक्त गर्नुभएकाे थियाे ।

जिल्लास्तरीय सूचना अधिकारीको बैठकमा जिल्ला प्रशाशसन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले जिल्ला प्रशासन कार्यालयले गरेको कार्य सम्पादनका बिषयमा उल्लेख गर्नुभएकाे थियाे । आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला प्रशासन कार्यालयले ३ करोड ९५ लाख ६८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको जानकारी सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले दिए । सुरक्षा समितिको बैठक २७, विपद व्यवस्थापन समितिको बैठक ७, सूचना अधिकारीको बैठक ४ पटक बसेको पौडेलले जानकारी दिनुभयाे । आर्थिक बर्ष २०८०÷०८१ मा नयाँ नागरिकता ८ हजार २ सय ९३, प्रतिलिपि ८ हजार ८ सय ९८, गैह्र आवसीय नागरिकता ४०, बैवाहिक अंगिकृत नागरिकता १५ जारी भएको पौडेलले जानकारी दिनुभयाे ।

६ हजार ९ सय ८६ जनाको बायोमेट्रिक राहदानी संकलन गरिएको छ भने ७ हजार ४१ जनाले राहदानी प्राप्त गर्नुभएकाे छ । सूचना अधिकारी पौडेलका अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा नाबालक परिचयपत्र ३ सय ८१, संस्था दर्ता २४, संस्था नविकरण ४ सय २३, हतियार नामसारी ३, हातहतियार नविकरण २४, दुई नामथर÷दुई जन्ममिति प्रमाणित ८ सय ४१, भारतीय पेन्सन प्रयोजनमा विवरण प्रमाणित २ हजार ८ सय ५७ जारी भएको छ । सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले सहभागी सूचना अधिकारीहरुलाई सबै कार्यालयमा नागरिक बडापत्र सहित नागरिकले देख्ने गरी सूचना अधिकारीको बोर्ड राख्न अनुरोध गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय