स्याङ्जामा चट्याङ्ग पर्दा एक गोठमा क्षति

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ असार । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर ८ मा राति चट्याङ्ग पर्दा एक गोठमा क्षति भएकाे छ ।    बिरूवा गाउँपालिका वडा नं. -८ तर्ले पिपलडाँडा बस्ने बर्ष ८७ को टोप बहादुर थापाको टिनले  छाएको १ तले गोठमा चट्याङ् पर्दा केही धनमाल र पशु चौपाया मा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  सूचना अधिकारी  इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

थापाको गोठमा चट्याङ्ग पर्दा गोठमा रहेका दुई भैंसी को मृत्यु भएको छ भने एक पाडी घाइते अवस्थामा छ। त्यसै गरी गोठमा राखिएको एक हाते ट्याक्टर र एक मिनी मिल चट्याङ्गका कारण जलेर नष्ट भएको छ। घटना स्थलमा अनुमानित दुई लाख पैचालिस हजार बराबरको नोक्सानी भएको छ भने कुनै मानवीय क्षति भने नभएको  रानाले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय