मन्त्रीहरुले खल्तीमा राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्क्याए : महामन्त्री थापा

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई अघि बढाउने सवालमा प्रधानमन्त्री कमजोर देखिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ प्रदेश (क)को सम्मेलन उद्घाटन गर्दै थापाले वर्तमान सरकारले प्रभावकारी काम नगर्न नसकेको भन्दै मुलुकलाई अघि बढाउने सवालमा पनि प्रधानमन्त्री कमजोर देखिएको बताउनुभएको हो । उहाले आफ्नै मन्त्रीपरिषद्मा प्रधानमन्त्री कमजोर देखिएको र उपप्रधानमन्त्री र मन्त्रीहरुले नटेरेको बताउनुभयो । केहि मन्त्रीहरुले खल्तीमा नै राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्की दिने गरेको भन्दै महामन्त्री थापाले कमजोर प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने धारणा राख्नुभयो । एमालेबाट उपप्रधानमन्त्री भएका भौतिकमन्त्रीले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा हालेको उहाले बताउनुभयो ।

थापाले सरकारले काम गर्न नसक्दा कांग्रेस चूप लागेर बस्न नहुने जिकिर गर्नुभयो । यद्दपी अहिले नै सरकारको बिकल्प खोज्ने र सरकार फेरबदलको खेलमा कांग्रेस लाग्न नहुने उहाको भनाइ छ । उहाले सरकारका कारण आत्मविश्वास गुमाएका जनताको आशा र भरोषाको काम कांग्रेसले गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय