स्याङ्जाको भिरकोट नगरपालिकाको १४ औं नगर सभा सम्पन्न

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ असार । स्याङ्जाको भिरकोट नगरपालिकाले १४ औं नगरसभा सम्पन्न गरेको छ।  भिरकोट नगर सभाहलमा सर्वसम्मत तरिकाले कार्यक्रम शनिबार भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। नगर प्रमुख कर्माचार्यले नीतिगत रुपमा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सर्वसम्मतले पारित भएको थियो।

भिरकोट नगरपालिकाले पशुपालन अन्तर्गत भैंसी पालन किसानलाई प्रोत्साहन स्वरुप एक भैंसी सुत्केरी भए बापत तीन हजार रुपैया नगद दिने निर्णय गरेको छ। त्यसै गरी कृषिमा प्रोत्साहन गर्नको लागि सिंचाई तर्फ डिजेल पेट्रोल अन्तर्गत ५० प्रतिशत अनुदान नगरले दिने नीति तथा कार्यक्रम अघि सारेको छ।

त्यसै गरी भिरकोट नगरपालिका गाउँ गाउँ ले भरिएको र नगर सम्म पुग्न कच्ची बाटो भएको हुँदा बार्है महिना सहज रुपमा गाडी गुड्न सक्ने बनाउन कच्ची बाटो स्तरोन्नति गर्ने र पक्की सडक बनाउन आबस्यक स्रोत साधन को व्यवस्था मिलाउने नीति लिएको छ।

नगरपालिका भित्र शिक्षाको गुणस्तरमा सुदृढीकरण को लागि आवश्यक परेमा शिक्षक हरुलाई नगरपालिका भित्र एक स्कूल देखि अर्को स्कूल सम्म सरुवा गर्ने नीति लिएको छ । त्यसै गरी नगरपालिका भित्र शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि संस्थागत तथा सामुदायिक विद्यालय मा अध्यनरत कक्षा ३, ५ र ८ को परीक्षा सञ्चालन र उत्तर पुस्तिकाको परीक्षण नगरपालिका मार्फत गरिने व्यवस्था मिलाएको छ।

नगरपालिका को नीति तथा कार्यक्रम अन्तर्गत संघीय सरकारले विद्यालय मा कक्षा एक देखि पाँच सम्म को लागि जंक फुड हटाउने र स्वस्थ खाजा खुवाउने नीति अनुरुप संघीय नीति यथावत सहित भिरकोट नगरपालिका ले नगर भित्रका कक्षा छ मा पढ्ने विद्यार्थी हरुको लागि पनि खाजा दिने नीति तथा कार्यक्रम लाई अघि सारेको छ।
नगरको नीति तथा कार्यक्रम अन्तरगत युवा लाई लक्षित गर्दै स्वास्थ्य सङ्ग जोडिएर बयरघारी को भिरकोट खेल मैदान को स्तरोन्नति गर्नुका साथै खुला व्यायाम शाला निर्माण गर्ने नीति लिएको छ। त्यसै गरी सचेतना मूलक कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसनी बिरुद्द र आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम अघि सार्ने निर्णय गरेको छ। त्यसै गरी महिला सङ्ग उपमेयर कार्यक्रम अन्तर्गत रहेर सीपमूलक उद्यमशील कार्यक्रम अघि सार्ने निर्णय गरेको छ।

सामाजिक विकास तर्फ भिरकोट नगरपालिका भित्र रहेका धार्मिक एतिहासिक तथा पर्यटकीय स्थल को स्तरोन्नतिको लागि एतिहासिक पर्यटकिय स्थल संरक्षण र प्रवर्द्धन को लागि बजेटको व्यवस्थापन गर्ने नीति अघि सारेको छ।

नगरभित्र दैबिक प्रकोप बाढी पहिरो चट्याङ्ग बाट व्यक्ति तथा परिवारमा पर्ने क्षति प्रति नगरपालिकाले पारिवारिक जिम्मेवारी सहित क्षति पूर्ति स्वरुप नगर सहज रहने गरी केही मात्रामा सहयोग गर्ने नीति तथा कार्यक्रम अघि बढाईने नीति लिएको छ।

नगरसभा कार्यक्रम मा भिरकोट नगरपालिकाको उपप्रमुख भगवती अर्याल रेग्मीले बजेट पढेर सुनाउनु भएको थियो । कार्यक्रम मा नगर प्रबक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसी, वडाका वडा अध्यक्षहरू सदस्यहरू कार्यपालिका सदस्य हरु प्रशासकिय प्रमुख धर्मराज ढुङ्गाना , शिक्षा प्रमुख विष्णु कोइराला योजनाविद् याम प्रसाद रेग्मी लगायत भिरकोट नगरभित्र का सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।

भिरकोट नगरपालिका को बजेट ७८ करोड २३ लाख २० हजार अन्तर्गत पुँजीगत तर्फ १८ करोड ३६ लाख ५० हजार २३।४६ प्रतिशत रहेको छ भने सामाजिक सुरक्षा तर्फ १८ करोड २३ प्रतिशत र चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार रहेको भिरकोट नगर प्रवक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय