वालिङमा बसले ठक्कर दिदा एकको मृत्यु

२०८१ असार ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,९ असार । स्याङ्जाको वालिङ नगरपालिका वडा न ८ मिर्दिमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउसो अन्दाजि १:१० बसले ठक्कर दिदा मृत्यु भएको हो ।

 बुटवलबाट पोखरा तर्फ जादै गरेको ग१ख ६२३७ नम्वरको बसमा सवार स्याङ्जाको विरुवा गाउपालिका वडा न ६ चिन्नेवास बस्ने ८१ बर्षिय दुर्गाबहादुर थापाको बसबाट झरि बाटो क्रस गर्दा मृत्यु भएको जिल्ला प्रहरीकार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

बस र बस चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय