स्याङ्जामा खोलाले बगाई एक मृत फेला

२०८१ असार १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १२ असार । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न १४ पुतलिखेत स्थित को आधिखोलाले बगाएर एक जनाको मृत्युु भएको छ । बुधबार दिउसो अन्दाजि ११: ३० बजेको समयमा आधिखोलाले बगाएको हो ।

पुललिबजार नगरपालिका वडा न १४ बस्ने ३५ बर्षका सुर्य भण्डारीलाई आधिखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

भण्डारीलाई बगाएर करिव ८००/ ९०० मिटर तल मृत अवस्था फेला परेका थियो । लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय