फेदीखोलामा पहिरोले आमा छोरीको मृत्यु घटना माथि अवलोकन गर्दै राहतको व्यवस्था

२०८१ असार १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा १५ असार । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाको वडा नम्बर ५ बाङ्गेमा अविरल वर्षाका कारण असार १४ गते राति पहिरो जादा घर गोठ पहिरोले पुरिन जादा दुर्गा जि टी को आमा छोरीको निधन हुनुको साथै एक भैंसीको पनि मृत्यु भएको थियो।

यस दुःखद अवस्थामा स्याङ्जा जिल्ला अधिकारी प्रमुख सुनिता नेपालको टोली घटनाको अवलोकन गर्न पुगेको थियो। साथमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक शालिग्राम शर्मा र जिल्ला अस्पताल स्याङ्जाका डाक्टर सहितको टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

पीडित परिवारलाई संघीय सरकारबाट उपलब्ध हुने रु १५००० तत्काल घटना स्थल मै उपलब्ध गराउने र लास घटना स्थल मै परीक्षण गरी आफन्तलाई बुझाइएको जानकारी स्याङ्जा प्रहरी कार्यालयका सूचना अधिकारी  रानाले जानकारी दिनुभयो। त्यसै गरी अन्य थप सहयोग रकम पछि उपलब्ध गराउने जानकारी पनि रानाले गराउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय