पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

२०८१ असार १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत , १७ असार।  भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय  प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय