स्याङ्जामा खोलाले बगाउँदा एकको मृत्यु

२०८१ असार २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २१ असार । स्याङ्जामा खोलाले बगाउँदा  एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान अरगौदी खोला तर्ने क्रममा खोलाले बगाउँदा  एक जनाको मृत्यु भएको  हाे ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिल बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

शुक्रबार बिहान अरगौदी खोला तर्ने क्रममा खोलाले बगाउँदा भुजेल घाइते हुनुभएको थियो ।

उहाँलाई आफ्नै छोरा होम बहादुर भुजेलले उद्दार गरी जिल्ला अस्पताल स्याङ्जा लैजानुभएको प्रहरीको भनाई छ ।

भुजेलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा बताएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय