भीरकोटमा गोठ भत्किदा दुई घाइते ,३ चौपाया मरे

२०८१ असार २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २१ असार । स्याङ्जाकाे भिरकोट नगरपालिका वडा नं. -०९ साउण्डीमा अविरल बर्षाकै कारण   २ तले कच्ची गोठ भत्किदा श्रीमान श्रीमती घाइते भएका छन् ।

विहान अन्दाजि ६:०० बजे  गोठमा भैसीलाई कुडो पकाएर खुवाउने क्रममा गोठ भत्किदा उनीहरु घाइते भएका हुन् भने गोठमा रहेका १ भैसी र २ बाख्राको मृत्यू भएको र एक भैसीको जिउदै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर राना  जानकारी दिनुभयाे ।

घाइते भएका ६७ बर्षिय चन्द्रबहादुर सिंजाली र ५८ बर्षिय ठकुकुमारी सिंजालीको वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घट्नाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय