स्कुटर आँधीखोलाको बिचमा, चालक बेपत्ता

२०८१ असार २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, २४ असार । स्याङ्जा जिल्लाको पुतलीबजार मालेबगरस्थित आँधीखोलाको बिचमा बगाएर ल्याई अड्किएको अवस्थामा एउटा स्कुटर फेला परेको छ ।

भिरकोट नगरपालिका _४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठले प्रदेश नं.३_०२_००९ प ०१९३ नं. को स्कुटी लिई पुतलीबजार न.पा. ३ पुतलीखेत स्थित बहिनीको डेरा कोठामा बस्ने छोरा र छोरी भेट्न भनि घरबाट निस्की हिँडेकोमा उनी सवार स्कुटर खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पुतलीवजार न.पा. १ मालेबगर स्थित आँधीखोलामा खोलाको बिच भागमा पानीमा बगाई ल्याई अड्किएको अबस्था भेटिएको स्कुटरलाई पानी बाहिर निकाली जिल्ला प्रहरी कार्यालय स्याङजा लगिएको डिएसपी रानाले बताए ।

उनले स्कुटरमा सवार श्रेष्ठ हालसम्म सम्पर्कबिहिन रहेकोमा खोजतलास कार्य तथा थप अनुसन्धान भइरहेको बताए । उक्त स्कुटर कँहाबाट बगाएर ल्याएको भन्ने अहिलेसम्म खुल्न नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय