स्याङ्जामा बाढीपहिरोले ९ जनाको ज्यान गयो

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२५ असार । मनसुन सुरु भएयता स्याङ्जामा ठुलो जनधनको क्षती भएको छ । गत असार २१ र २२ गते आएको अविरल बर्षाले ७ जनाको ज्यान गएको छ । यो भन्दा अगाडी दुईजनाले ज्यान गुमाइसकेका थिए । अहिले सम्म बाढी र पहिरोमा परी जिल्लामा ९ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पहिरोमा परी बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोले घर पुरिएर ६५ बर्षिय गुहेश्वरी हर्मा मरासिनी, ६७ बर्षिय हरिमाया शर्मा र सोही गाउपालिका ६ माझकोटमा ७१ बर्षिय माधव शर्माको ज्यान गएको छ । त्यसैगरी भीरकोट नगरपालिका ५ ज्यामिरेमा घर पुरिएर ७३ बर्षिय खेमकुमारी मल्लको ज्यान गएको छ । बाढीले बगाएर पर्वत जिल्ला फलेबास नगरपालिका १ का ४० बर्षिय झलक पौडेललाई आँधीखोलाले बगाएर मृत्यू भएको छ भने पुतलीबजार १३ का सुरेश श्रेष्ठलाई आँधीखोलाले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ । पुतलीबजार १ का ७४ बर्षिय तिल बहादुर भुजेललाई अरगौदी खोलाले बगाएर मृत्यू भएको छ । यसभन्दा अगाडी असार १४ गते घरमा सुतिरहेको अवस्थामा फेदिखोला ५ बाँगेकी ३१ बर्षिय दुर्गा जि.टी र उनकी ३ बर्षिय छोरी निसिका जि.टीको घरमाथी बाट आएको पहिरोले पुरिएर निधन भएको थियो । अहिले सम्म स्याङ्जामा पहिरोले पुरिएर ६ जनाको ज्यान गएको छ भने ३ जनाको बाढीले बगाएर ज्यान गएको प्रहरी नायव उपरीक्षक रानाले बताए ।

बाढी र पहिरोका कारण झण्डै एकदर्जन मानिसहरु घाइते भएका छन् भने सयौ संख्यामा घर जोखिममा परेर सुरक्षित ठाउँमा बसिरहेका छन् । जिल्लाका ११ ओटै पालिकामा पहिरोका कारण धेरै घरहरु जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्कले देखाएको छ । बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण स्याङ्जाको सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ भने ग्रामिण सडकहरु पनि पहिरोका कारण पुर्णरुपले सूचना  हुन सकेका छैनन् ।
तस्विरहरु
१.स्याङ्जाको भीरकोट ५ ज्यामिरेमा पहिरोले पुरिएकी ७३ बर्षिय खेमकुमारी मल्लको शव निकाल्दै शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु ।
२.स्याङ्जाको वालिङ नगरपालिका ११ गाँजनेमा माथीबाट आएको पहिरोले जोखिममा रहेको गाउँ ।
३.स्याङ्जाको वालिङ ८ रिङ्रोडमा पहिरोले अवरुद्ध गरिदिएको दृष्य । यो पहिरोका कारण भीमटारी, बोगटीडाँडा लगायतका गाउँका बासिन्दालाई पैदलमार्गमा समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय