स्याङ्जा , २६ असार । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तीनदिन भारी बर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी असार २६ गते राती देखी २९ सम्म तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाको आग्रहलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाका ११ ओटै पालिका पनि उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी हुन् ।