अविरल वर्षाले स्याङ्जामा बाढी पहिरो सहित धनजनको क्षति

२०८१ असार ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,३१ असार । स्याङ्जा जिल्लाका एघार पालिकामा असार २१ देखि परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानकाे कारण जनधनको ठूलो क्षति भएको छ।

 भिरकोट पाँचमा एक जना, विरुवा गाउँपालिकामा तीन जना,आँधीखोलामा एक जना, पुतलीबजारमा तीन जना, फेदीखोलामा दुई जना गरी दश जनाको बाढी पहिरोले मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी गराउनुभयो।

स्याङ्जाको भिरकोट पाँचमा मूल पलाएर मूल बगेको ठाउँबाट पहिरो खस्दा घर गोठ सहित पहिरोले पूरी खेम कुमारी मल्लको मृत्यु भएको छ । त्यसै गरी विरुवा गाउँपालिका वडा नम्बर ६ मा पहिरो आई तीन जनाको मृत्यु भएको छ। जस अन्तर्गत माधव शर्मा मरासिनी, हरी माया शर्मा मरासिनी र गुनजेश्वरी मरासिनी रहेको र फेदीखोला गाउँपालिकामा दुर्गा जि टी र निसिका जिटी रहनुभएको छ। त्यसैगरी आँधीखोला वडा नम्बर चारमा झलक पौडेल रहनुभएको छ ।त्यसै गरी पुतली बजारमा तिल बहादुर भुजेल,भिरकोट छाङ्गछाङदी स्थाइ घर भई पुतली बजार बस्ने सुरेश श्रेष्ठलाई खोलाले बगाइ बगालथोकमा मृत फेला परेको र पुतलीबजार १४ लामागे घर भई पौडी खेल्दा खोलाले बगाएर मृत भेटिएका सूर्य प्रसाद भण्डारी गरी दश जना बाढी पहिरो र खोलाले बगाउँदा मृत्यु  त्यसै गरी वालिङ्ग १३ बायाटारीको वर्ष ४९ को पिताम्बर मगर खोलाले बगाएर बेपत्ता भएको फेला नपरेको  रानाले बताउनुभयाे।

 बाढी पहिरोका कारण प्राय सम्पूर्ण ग्रामीण बस्तीहरू समस्यामा रहेका छन् भने पहाडी क्षेत्र मा रहेका डाडा काडामा घर भएका बस्तीहरू प्राय जोखिम मोलेर नै बस्नुपर्ने बाध्यता रहेको छ। कति बेला कुन ठाउँमा पहिरो झर्छ अनुमान गर्ने कुनै आधार नहुँदा समस्या भएको छ। त्यसैले उच्च सतर्कता र सावधानी आवश्यक रहेको छ। यसको लागि राज्य मलम लगाउन आवश्यक छ भने त्यो पनि समयमा नै परिपूर्ति गर्न आवश्यक छ।

बाढी पहिरोबाट घाइते भएका सात जना खतरा मुक्त रहेको जानकारी गराउँदै ३७ वटा चौपायामा क्षति भएको र १२ वटा चौपाया घाइते,तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ भने सामान्य क्षतिमा २२ वटा घर , बाढी पहिरोका कारण ११ वटा गोठ पूर्ण रुपमा क्षति भएको छ भने जोखिममा २७ गोठ रहेका छन।

बाढी पहिरोका कारण सडक बाटो साथमा मान्छे हिड्ने बाटो पनि अवरुद्ध रहेको र खेतबारीमा पहिरोले पुरिने र खोला पसेर धेरै रोपेको खेत बगरमा परिणत भएको छ। त्यसैगरी खोलाले कुलो बगाउँदा बाढी पहिरोबाट सुरक्षित रहेका बाकी रोपिएका खेतमा पानी राख्न नपाउँदा किसानहरू चिन्तित रहेका छन् भने रोप्न बाकी रहेका खेत पनि कुलो बनाउन नसक्दा समस्यामा परेका छन् । यसको व्यवस्थापनको लागि राज्य समयमा नै सरकार छ भन्ने अवगत गराउने गरी प्रस्तुत हुन जरुरी देखिन्छ । त्यसै गरी पुतली बजार १२ र भिरकोट तीनको संयुक्त रुपमा रहेको बराह खोला खानेपानीको मुहानमा क्षति भई करिब १२० घरले प्रयोग गर्दै आएको खानेपानी पाइप र ट्याङ्की समेत खोलाले बगाइ खानेपानीको समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय