स्याङ्जाका नाैँ पालिकामा लायन्स क्लबले विपन्न परिवारलाई नगद र जिन्सी सहयोग

२०८१ श्रावण २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,२ साउन । अन्तराष्ट्रिय लायन्स क्लबको सहयोगमा अविरल परेको पानीले निम्त्याएको बाढी पहिरोले घर परिवार गुमाउने स्याङ्जा जिल्ला भित्रका एघार पालिका अन्तर्गत रहेर विपन्न परिवारलाई राहत स्वरूप नगद र जिन्सी सहयोग गरेको छ।

स्याङ्जाको करिब सत्तरी  घर परिवारलाई राहत स्वरूप नगद र केही जिन्सी सामाग्री उपलब्ध गराइएको पब्लिक रिलेसन अफिसर चिफ डोल राज पोखरेलले जानकारी गराउनुभयो। उहाले अविरल वर्षाका कारणले ल्याएको समस्याले ज्यान गुमाउनु दुःखद रहेको जानकारी गराउँदै मृतक प्रति श्रद्धान्जली र परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको थियो।

सम्पन्न परिवारमा राहत नदिएको राहत स्वरुप न्यून आयस्रोत भएका परिवार गुमाएका घर भत्केका र वरिपरि पहिरो गई घर छोडेर अन्यत्र बस्दै आएका परिवारलाई राहतको व्यवस्था गरिएको पोखरेलले बताउनुभयो। स्याङ्जाका एघार पालिका अन्तर्गत पालिका भित्रका लायन्स क्लबको समन्वयमा पीडामा परेका परिवार छनोट गरी अन्तराष्ट्रिय लायन्स क्लबको राहत वितरण गरिएको जानकारी गराउनुभयो।

स्याङ्जाका एघार पालिका अन्तर्गत मानवीय क्षति नभएको तर घरहरू उच्च जोखिममा रहेको क्षति नभएको हुँदा हरिनाश र कालीगण्डकीमा लायन्सको राहत वितरण नगरेको  पोखरेलले बताउनुभयो। विश्व युद्धले मानवीय क्षति भई अमेरिकाको सिकागोबाट मानवीय सुरक्षा स्वरुप अघि सारिएको र सेवाको भाव स्वरुप संचालन मा ल्याइएको संस्था विकसित हुँदै हालमा विश्वका दुई सय दश देशमा सञ्चालनमा रहेका छन्। मानवीय जोखिमको समाधानको रुपमा अघि सारिएको लायन्स क्लब नेपालमा पनि विपत्तिको समय मानवीय समस्या समाधानको लागि पहल गरिएको  पोखरेलले बताउनुभयो। अन्तराष्ट्रिय सहयोग अनुरुप दश हजार डलर सहयोग आएकोमा क्षति पूर्ति र घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै नगद र आबस्यक भाँडाकुँडा एक सेट वितरण गरिएको थियो । यसले तत्कालमा केहि हद सम्म सहयोग हुने भन्दै कार्यक्रम अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय