बालविवाह मुद्दामा पाँच जनालाई कैद

२०७८ माघ ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही रु पाँचरपाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय