अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नुवाकोट,९ साउन । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ । सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो ।

वडा नं ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा त्यहाँ रहेका रु १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्णरूपमा क्षति पुगेको जानकारी दिए।

अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पु¥याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले गुनासो गरे।

उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय