२१ औं शताब्दी र आदीमकालीन रहर

२०७८ माघ ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
  • सागर फुँयाल

मान्छे उमेर अनि ओहदाको दम्भ र घमण्डले
आफ्नो मात्र हित हेर्छ ढोँगी र चण्डालले
दिन जानेका छौ भने पाउनु पर्ने पाउँछौ तिमीले
बालुवा सहजै झर्छ मुठ्ठीबाट जति कस्छौ तिमीले ।

राखेर सजल नयन अनि हेर जगत ऋषि मनले
घट्दैन त्यो कद गर्छन् आदर मनदेखि जनजनले
लालसा बडोस भेट्न तिमीसँग तिम्रा अमृत वाणीले
सान र मान मान्ने छन् तिमीलाई  मन बचनले ।

पाएको यति सुन्दर संसार हेर्न जानेनौ तिमीले
हीरालाई रक्षानमा फाली पत्थर सजायौ तिमीले
युगमा अन्तरिक्ष क्रान्ति हुकुम चलायौ तिमीले
उल्टो धार पौडदै नदीको जगत हँसायौ तिमीले ।

बराबर हुन सबै, आशक्ति किमार्थ स्वीकार्य छैन
फक्रेका फूल कुल्ची, कोपिला खोज्नुको अर्थ छैन
प्रकृतिका नियममा चल्नुको कुनै विकल्प छैन
२१ औं शताब्दी यो आदीमकालीन सोचको अर्थ छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार