आज र भोलि देशभर वर्षा

२०८१ श्रावण २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२२ साउन । मनसुनी प्रणाली फेरि सक्रिय बन्दा मंगलबार र बुधबार देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझबाट पूर्वमा उत्तरतिर सर्न थालेको मनसुन न्यून चापीय रेखा मंगलबार र बुधबार नेपाल नजिक रहने भएकाले देशभर वर्षा हुने भएको हो ।

‘मनसुन सोमबार रातिबाट सक्रिय भएको छ, मंगलबार र बुधबार देशका धेरै ठाउँमा वर्षा हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले भन्नुभयाे ।

महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा कर्णाली र मधेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको आकलन गरेको छ । त्यस्तै, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ । काठमाडौं उपत्यकामा सोमबार रातीबाट भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय