चापाकोटमा ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु

२०८१ श्रावण २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २७ साउन । स्याङ्जाको चापाकोट नगरपालिकामा  ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका ४ देबिस्थान घर भई हाल चापाकोट नगरपालिका १० बोटेटार ससुराली बस्ने २८ वर्षीय महेन्द्र दमाई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार बेलुका चापाकोट नगरपालिका १० बायोडाँडास्थित भित्रि सडक खण्डमा बारीकुनाबाट माटो लिई चापाकोट तर्फ आउँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुघर्टना भएको थियो ।

ट्याक्टर दुघर्टना हुँदा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचार गर्न लगेकोमा डाक्टरले मृत घोषणा गरेको थियो  ।

प्रहरीले घटनाको  बारेको थप अनुसन्धान  गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय