डोटीमा बस दुर्घटना हुँदा १७ घाइते, ४ को अवस्था गम्भीर

२०८१ श्रावण ३२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डोटी, ३२ साउन ।  डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो।

 दिपायल सिलगढी नगरपालिका–४ समुहगाड स्थित शुक्रवार बिहान ५ बजेतिर बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिनुभयाे ।

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। ४ जना घाइतेहरूको अवस्था गम्भीर रहेको र बाँकी सामान्य रहेको डिएसपी भट्टराईले बताउनुभयाे।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।  बाँकी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय